काठमाडौँ । गायक प्रेम लामा र गायिका जीतु लोप्चनको नयाँ तामाङ गीत युगल स्वरमा ‘ट्याटु बटरफ्लाई’ सार्वजनिक भएको छ ।

शुक्रबार जिग्री इन्टरटेन्मेन्टको अफिसियल युट्युबबाट उक्त गीत सार्वजनिक भएको हो । पारीजात नेपाल स्टिडियोमा रेकर्ड भएको उक्त गीतको शब्द संगीत राजु लामा थिङको रहेको छ भने संगीत संयोजन करसाङ लामा गरेका छन् । पछिल्लो समयको माग अनुसार दर्शक स्रोताको मन मुट्टुमा पस्न सफल गीत गाउँदै आएकी जीतु लोप्चन र प्रेम लामाले ठट्यौली पाराको गीत ‘ट्याटु बटरफ्लाई’ मा स्वार दिइएका हुन् । गायक प्रेम लामा र गायिका जीतु लोप्चनले यस अघि पनि तामाङ सेलो गीत ‘ग्रम्बरी पोगोल सुङ्फिरे मे’ युगल रुपमा गाएका थिए ।
उक्त गीतको भिडियो समेत सार्वजनिक भएको छ । म्यूजिक भिडियोमा कलाकारहरू याङ्गी दोङ, सन्जिव थोकर र कविराज घिसिङले अभिनय गरेका छन् । कोरियोग्राफर सन्जिव थोकरको निर्देशन तथा दुर्गा श्रेष्ठको छायाँकन रहेको त्यस म्यूजिक भिडियोको सम्पादन अनिल बिष्ठ प्यूठानीले गरेका छन् । उक्त म्युजिक भिडियोको निर्माता रेणुका घलान हुन् ।
भिडियोमा