Uncategorized

गोकर्णेश्वरमा ऐतिहासिक चामुण्डा रथयात्रा सम्पन्न, स्थानीयको उत्साहपूर्ण सहभागिता

Mar 26, 2026

काठमाडौं। गोकर्णेश्वर नगरपालिका क्षेत्रमा चैत्र शुक्ल अष्टमीका दिन ऐतिहासिक चामुण्डा रथयात्रा भव्य रूपमा सम्पन्न भएको छ। चामुण्डा क्षेत्र विकास तथा संरक्षण कोषको आयोजनामा प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँका अवसरमा जोरपाटीमा गणेश, भैरव र चामुण्डादेवीको रथयात्रा निकाल्ने परम्परा रहिआएको छ।

यस वर्ष पनि श्री रक्तविनायक गणेश, श्री चामुण्डा देवी भगवती तथा श्री महाँकाल भैरवको रथयात्रा खटलाई पञ्च बलीसहित विभिन्न धार्मिक विधिबाट पूजा–आजा गरी निकालिएको हो। स्थानीयहरूले गोकर्णेश्वर नगरपालिकालाई धार्मिक तथा सांस्कृतिक आन्तरिक तथा बाह्य पर्यटन क्षेत्रका रूपमा घोषणा गर्नुपर्नेमा जोड दिएका छन्।

विगत ४२/४३ वर्षदेखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको रथयात्रा चामुण्डा मन्दिरबाट सुरु भई महाँकाल, आरुबारी, छहारी, जोरपाटी, सर्वेश्वर र नयाँबस्ती हुँदै विभिन्न टोल–टोलमा बाजागाजासहित घुमाउने पुरानो परम्परा हो। रथयात्राको क्रममा भक्तजनहरूको सुरक्षाका लागि प्रहरी, स्वयंसेवक तथा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको थियो।

जात्रामा स्थानीयवासीहरूको बाक्लो उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *