Uncategorized

गोकर्णेश्वर खुल्ला प्रथम मेयर कपको उपाधि लट्टेश्वरी कन्स्ट्रक्सनलाई

Feb 16, 2026

गोकर्णेश्वर नगरपालिका वडा नं. ९ आरूबारीस्थित ग्राम निर्माण बन्धु मण्डल क्लबको आयोजनामा सम्पन्न गोकर्णेश्वर नगरपालिका खुल्ला प्रथम मेयर कप भलिबल २०८२ प्रतियोगितामा लट्टेश्वरी कन्स्ट्रक्सन प्रा.लि. विजयी भएको छ।

गोकर्णेश्वर नगरपालिका–९ आरूबारी, पानीखोल्सामा भएको फाइनल खेलमा लट्टेश्वरी कन्स्ट्रक्सनले ३–१ सेटको जित निकाल्दै उपाधि हात पारेको हो। आयोजक ग्राम निर्माण बन्धु मण्डल क्लब उपविजेता बनेको छ।विजेता टिमले नगद रु. ५० हजार तथा उपविजेताले रु. ३० हजार पुरस्कार प्राप्त गरेका छन्। १३ टिम सहभागी उक्त प्रतियोगितामा कीर्तिपुर र नाम्साढिमले सान्त्वना पुरस्कार हासिल गरेका छन्।

व्यक्तिगततर्फ बेस्ट स्पाइकरको उपाधि ग्राम निर्माणका खेलाडी भोज विक्रम बस्नेतले जिते भने बेस्ट प्लेयर रोशन मगर घोषित भए। विजेता तथा उत्कृष्ट खेलाडीहरूलाई गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक रिसाल र वडा नं. ९ का अध्यक्ष राजिव थापाले पुरस्कार तथा ट्रफी हस्तान्तरण गर्नुभएको थियो।

सो अवसरमा २०४६ सालमा एनटिभी भलिबल प्रतियोगितामा सहभागी भई क्लबलाई विजयी बनाउन सफल पूर्व खेलाडीहरूलाई समेत सम्मान गरिएको थियो।

प्रतियोगिताले स्थानीय स्तरमा खेलकुद प्रवर्द्धनसँगै युवाहरूमा सकारात्मक ऊर्जा र प्रतिस्पर्धात्मक भावना विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *