रेडबुल ANFA महिला च्याम्पियनसिप २०८२: छाहारी युवा क्लबलाई जर्सी हस्तान्तरण

उदयपुरको थारुहाट स्टेडियममा फागुन १ गतेदेखि ९ गतेसम्म सञ्चालन हुने रेडबुल ANFA महिला च्याम्पियनसिप २०८२ अन्तर्गतको महिला फुटबल प्रतियोगितामा सहभागी हुन लागेको छाहारी युवा क्लबका महिला खेलाडीहरूलाई गोकर्णेश्वर नगरपालिका वडा नं. ८ ले जर्सी हस्तान्तरण गरेको छ।

खेलाडीहरूलाई हौसला तथा प्रोत्साहन प्रदान गर्दै उनीहरूको आत्मविश्वास, आत्मबल र मनोबल अझ सुदृढ बनाउने उद्देश्यले वडाले उक्त सहयोग उपलब्ध गराएको जनाएको छ।

वडा नं. ८ ले खेलाडीहरूको उत्साह, अनुशासन र टिमवर्कले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक र रोमाञ्चक बनाउने विश्वास व्यक्त गर्दै सफलताको अग्रिम शुभकामना समेत दिएको छ। उत्कृष्ट प्रदर्शन गर्दै जित हासिल गर्ने लक्ष्यसहित टोली गाईघाट प्रस्थान गर्ने तयारीमा रहेको छ।
