Uncategorized

गोकर्णेश्वर–८ मा एचपीभी खोप अभियान सुरु

Feb 10, 2026

गोकर्णेश्वर नगरपालिका वडा नं. ८ कार्यालयको आयोजनामा पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी (HPV) खोप अभियान आजदेखि सुरु भएको छ। वडा नम्बर ८ अन्तर्गतका विद्यालय तथा तोकिएका खोप केन्द्रहरूमा अभियान सञ्चालन गरिएको हो। आज पहिलो चरणअन्तर्गत चेल्सी वर्ल्ड स्कुल, बौद्ध इन्टरनेशनल स्कुल तथा लिटिल बड सेकेन्डरी स्कुलमा एचपीभी खोप कार्यक्रम सञ्चालन भएको छ ।

वडा कार्यालयका अनुसार विद्यालयमा अध्ययनरत किशोरीहरू तथा विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई लक्षित गरी खोप प्रदान गरिनेछ। अभियान अन्तर्गत विभिन्न विद्यालयहरूमा तोकिएका मितिमा अस्थायी खोप केन्द्र स्थापना गरी खोप सेवा उपलब्ध गराइने जानकारी दिइएको छ।

वडा कार्यालयले सबै अभिभावक तथा लक्षित उमेर समूहका किशोरीहरूलाई तोकिएको मिति, समय र खोप केन्द्रमा उपस्थित भई अनिवार्य रूपमा खोप लगाउन आग्रह गरेको छ। स्वास्थ्य सुरक्षाका दृष्टिले एचपीभी खोप अत्यन्त प्रभावकारी भएकाले अभियानमा सक्रिय सहभागिता जनाउन वडा कार्यालयले अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *