गोकर्णेश्वर नगरपालिकाबाट महत्वपूर्ण सूचना

गोकर्णेश्वर नगरपालिकाले राजस्व संकलन प्रणालीलाई आधुनिकिकरण गर्दै डिजिटल प्रणालीतर्फ हुने भएको छ। मिति २०८२/०५/१० गतेदेखि पूर्ण रूपमा ‘SUTRA Software’ कार्यान्वयन गरिँदैछ र यससँगै Digital Payment प्रणाली पनि लागू हुने भएको हो।
नगरपालिकाले जनाएको अनुसार, यस कदमले राजस्व संकलनमा पारदर्शिता र सरलता ल्याउने सेवाग्राहीलाई लाइन बस्नु नपर्ने घरमै बसेर मोबाइल वा कम्प्युटरबाट भुक्तानी गर्न सकिने नगरपालिकाको वित्तीय व्यवस्थापनमा दक्षता र विश्वसनीयता कायम गर्ने गरिएको छ।
नगर प्रमुखले यसलाई नगरलाई पूर्ण डिजिटल मोडेलतर्फ लैजाने महत्वपूर्ण पहल गर्नुभएको छ।