काठमाडौँ ३ मा ६७ प्रतिशतले गरे मतदान
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ मा कुल ४३ हजार ७८१ मत खसेको छ ।
यस क्षेत्रमा कुल मतदाता संख्या ६४ हजार ४७९ रहेकोमा करिब ६७.९ प्रतिशत मतदान भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । क्षेत्रअन्तर्गत विभिन्न वडा र नगरपालिकामा खसेको मत संख्या यसप्रकार छः
कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ – ३,२५५
कागेश्वरी मनोहरा नगरपालिका वडा नं २ – २,०३४
कागेश्वरी मनोहरा नगरपालिका वडा नं ३ – १,५३५
गोकर्णेश्वर नगरपालिका वडा नं १ – २,५७४
गोकर्णेश्वर नगरपालिका वडा नं २ – २,२५९
गोकर्णेश्वर नगरपालिका वडा नं ३ – ३,२६०
गोकर्णेश्वर नगरपालिका वडा नं ४ – ३,३६४गोकर्णेश्वर नगरपालिका वडा नं ५ – ४,१५६
गोकर्णेश्वर नगरपालिका वडा नं ६ – ४,११०
गोकर्णेश्वर नगरपालिका वडा नं ७ – १,४२१
गोकर्णेश्वर नगरपालिका वडा नं ८ – ३,६१५
गोकर्णेश्वर नगरपालिका वडा नं ९ – १,२८
काठमाडौँ महानगरपालिका वडा नं ६ – १०,९१३
यस क्षेत्रमा उज्यालो नेपाल पार्टीबाट कुलमान घिसिङ , नेपाली कांग्रेसबाट रमेश अर्याल, नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट रामेश्वर फुयाल, तथा राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजुनाथ पाण्डे लगायत उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।