गोकर्णेश्वरमा ३ महिने सिलाई–कटाई तालिम सम्पन्न, महिलालाई आत्मनिर्भर बनाउने
गोकर्णेश्वर नगरपालिका वडा नं. ८ मा गोकर्णेश्वर नगरपालिकाको सहयोग तथा आनन्द गणेश महिला समूहद्वारा सञ्चालित “गोकर्णेश्वर मिशन रोजगारी कार्यक्रम” अन्तर्गत सिलाई–कटाई सम्बन्धी ३ महिने तालिम सम्पन्न भएको छ। उक्त कार्यक्रम आनन्द गणेश महिला समूहकी अध्यक्ष उषा संग्रौलाको सभापतित्वमा तथा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक
गोकर्णेश्वरमा ऐतिहासिक चामुण्डा रथयात्रा सम्पन्न, स्थानीयको उत्साहपूर्ण सहभागिता
काठमाडौं। गोकर्णेश्वर नगरपालिका क्षेत्रमा चैत्र शुक्ल अष्टमीका दिन ऐतिहासिक चामुण्डा रथयात्रा भव्य रूपमा सम्पन्न भएको छ। चामुण्डा क्षेत्र विकास तथा संरक्षण कोषको आयोजनामा प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँका अवसरमा जोरपाटीमा गणेश, भैरव र चामुण्डादेवीको रथयात्रा निकाल्ने परम्परा रहिआएको छ। यस
गोकर्णेश्वरमा दलित बालबालिकासँग आत्मीय संवाद, पौष्टिक खाना वितरण
गोकर्णेश्वर नगरपालिका वडा नं. २ मा स्थायी बसोबास गर्ने १० वर्ष मुनिका दलित बालबालिकासँग आत्मीय संवाद गर्ने उद्देश्यले आयोजित वार्षिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ।उक्त कार्यक्रममा सहभागी बालबालिकाहरूलाई विभिन्न ८ प्रकारका पौष्टिक खाना वितरण गरिएको थियो। कार्यक्रममार्फत बालबालिकाको स्वास्थ्य, पोषण र समग्र विकासमा
ह्योल्मो आदिवासी महिला सशक्तीकरण तथा जनचेतना कार्यक्रम सुरु
काठमाडौं। बौद्ध तीनचुलीस्थित ह्योल्मो गुम्बामा नेपाल ह्योल्मो महिला सङ्घको आयोजना तथा गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन भएको ह्योल्मो आदिवासी महिला सशक्तीकरण तथा जनचेतना अभिवृद्धि कार्यक्रम को उद्घाटन गोकर्णेश्वर नगरपालिकाकी उप–प्रमुख सान्नानी लामाद्वारा सम्पन्न भएको छ। १५ दिने उक्त कार्यक्रममा महिलाहरूको शारीरिक तथा मानसिक
हिमशृङ्खाला एकेडेमीको STEAM & Science Expo भव्य रूपमा सम्पन्न
काठमाडौं, गोकर्णेश्वर। गोकर्णेश्वर नगरपालिका वडा नं. २, नयाँपाटीस्थित हिमशृङ्खाला एकेडेमीद्वारा आयोजित बृहत् STEAM & Science Expo कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। बुधबार आयोजित उक्त प्रदर्शनीमा कक्षा ७, ८, ९ र १० का विद्यार्थीहरूले आफ्नै सोच, सिर्जना र मेहनतका आधारमा तयार पारेका परियोजनाहरू
शिक्षा प्रणाली सुधारमा ISO 21001 को महत्व बढ्दो
काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ४ स्थित गोकर्णेश्वर लाइट एकेडेमी ले आजका विद्यार्थीहरू भोलिका राष्ट्रनिर्माता मात्र नभई विश्व बजारका प्रतिस्पर्धी नागरिक पनि भएकाले शिक्षा प्रणालीलाई भविष्य–उन्मुख बनाउने आवश्यकता बढ्दै गएको जनाएको छ। विद्यालयका अनुसार वर्तमान शिक्षण पद्धति अझै पनि ज्ञान (Knowledge) र
काठमाडौँ ३ मा ६७ प्रतिशतले गरे मतदान
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ मा कुल ४३ हजार ७८१ मत खसेको छ ।यस क्षेत्रमा कुल मतदाता संख्या ६४ हजार ४७९ रहेकोमा करिब ६७.९ प्रतिशत मतदान भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । क्षेत्रअन्तर्गत विभिन्न वडा र नगरपालिकामा खसेको
गोकर्णेश्वरमा नेवार समुदायले बाजागाजासहित होली मनाए
काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका नेवार समुदायले परम्परादेखि चल्दै आएको रीतिरिवाजअनुसार विभिन्न टोल गुठी समूहको आयोजनामा परम्परागत बाजागाजा तथा नेवारी पोशाकमा सजिएर गोकर्णेश्वरको ऐतिहासिक देशे गाउँमा विशेष पूजा गरी होली पर्व उल्लासपूर्ण रूपमा मनाएका छन्। परम्परागत बाजागाजा र गीत–भजन गाउँदै सहभागीहरू देशे गाउँमा भेला