बायाेका वार्षिक प्रदर्शनी तथा बिध्यालय उत्सव २०८२ सम्पन्न
Uncategorized

बायाेका वार्षिक प्रदर्शनी तथा बिध्यालय उत्सव २०८२ सम्पन्न

Feb 23, 2026

काठमाडाैं, कागेश्वरी मनाेहरा – २, अालापाेट स्थित बायाेका सामुदायिक स्कूलले वार्षिक प्रदर्शनी तथा बिध्यालय उत्सव यहि मिति २०८२ फाल्गुन ९ गते सम्पन्न गरेकाे छ । सार्वजनिक शैक्षिक गुठि बिध्यालय संघ नेपाल (पेट्सान) का केन्द्रिय अध्यक्ष श्री जे. एस. पाैडेल ज्यूकाे प्रमुख अातिथ्यता समपन्न उक्त कार्यक्रममा बिध्यार्थीले बर्ष भरि सिकेर बनाएका राेवाेटिक्स, बिज्ञान, गणित, अंग्रेजी, नेपाली, सामाजिक लगायत स्थानिय पाठ्क्रममा अाधारित हाम्राे कागेश्वरी मनाेहरा बिषयहरू सम्बन्धी प्राेजेक्ट सामग्रीहरू प्रदर्शन गरिएकाे थियाे । सजिलाे बाेट राेवाेटकाे सहयाेगमा प्रमुख अतिथि श्री पाैडलले कार्यक्रमबाट उद्घाटन गरिएकाे साे उत्सवमा शिक्षक तथा बिध्यार्थीहरूबाट नृत्य, संगित लगायत बिभिन्न साँस्कृतिक प्रस्तुत गरिएकाे थियाे ।

कार्यक्रममा टेक्वाण्डाे प्रदर्शनी, अवाकस मेन्टल म्याथ डेमाे, कक्षागत शैक्षिक सामग्रीकाे समेत प्रदर्शनी गरिएकाे थियाे । बायाेका सार्वजनिक शैक्षिक गुठि संचालक समिति अध्यक्ष श्री महेश श्रेष्ठ ज्यूकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थापक गुठियार श्री रामेश्वर श्रेष्ठ, श्री प्रल्हाद बस्नेत, स्थानिय निकाय प्रतिनिधि, शिक्षासेवी, छिमेकी बिध्यालयका प्र.अ., अभिभावक, पूर्व बिध्यार्थी, पि.जि देखि कक्षा १० सम्मका बिध्यार्थीहरूकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रममा मन्तब्य राख्दै प्रमुख अतिथिले सार्वजनिक शैक्षिक गुठि बिध्यालयहरूले राष्ट्रकाे शैक्षिक क्षेत्रमा दिईरहेकाे याेगदान, पेट्सानले गरेका पहल सहित शुभकामना ब्यक्त गर्नु भएकाे थियाे । कार्यक्रममा वडा सदस्य महेश्वर श्रेष्ठ, नेपाल रेडक्रस साेसाईटी कागेश्वरी मनाेहराका सभापति बासुदेव पाैड्याल, अादर्श मा वि भद्रवासका प्र अ विश्वनाथ पाेखरेल , समाजसेवी शिवराम बस्नेत लयागतका ब्यक्तित्वहरूले शुभकामना ब्यक्त गर्नु भएकाे उक्त कार्यक्रममा स्कूलका प्रिन्सिपल श्री अन्जित कुमार श्रेष्ठले स्वागत मन्तब्य सहित स्कूलकाे वार्षिक गतिविधि तथा याेजना प्रस्तुत गर्नु भएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *