Uncategorized

लिटल बड सेकेन्डरी स्कुलमा स्पोर्ट्स मिटको शुभारम्भ, प्रमुख अतिथि अञ्जना राना मगर

Feb 1, 2026

गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ अत्तरखेल स्थित little bud secondary schoolमा आजबाट sport meetको शुभरम्भ गरेको छ उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाली राष्ट्रिय महिला फुटबल गोल किपर अन्जना राना मगर रहेको थियो ।

कार्यक्रममा स्कुलका प्रिन्सिपल नारद खड्काले स्वागत मन्तव्य प्रस्तुत गर्दै राष्ट्रिय महिला फुटबल टिमकी गोलकिपर अन्जना राना मगरको प्रशंसा गर्नुभयो । साथै उहाँले विद्यार्थीहरूलाई खेलकुदमा सक्रिय भई अनुशासन र मेहनतका साथ अगाडि बढ्न प्रेरित गर्नुभयो।

कार्यक्रमका प्रमुख अतिथि नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर अञ्जना राना मगरले खेलकुदसँगै पढाइलाई पनि समान रूपमा अगाडि बढाउन विद्यार्थीहरूलाई आग्रह गर्नुभयो। उहाँले खेलकुदमा अनुशासनको अत्यन्तै महत्वपूर्ण भूमिका रहने बताउँदै हालका विद्यार्थीहरू मोबाइल र ल्यापटपप्रति बढी आकर्षित हुँदा पढाइ र खेलकुद दुवैमा अपेक्षित ध्यान नपुगेको उल्लेख गर्नुभयो। त्यसैले प्रविधिको सही उपयोग गर्दै पढाइ र खेलकुद दुवै क्षेत्रमा सन्तुलन कायम गरी अघि बढ्न उहाँले विद्यार्थीहरूलाई प्रेरणा दिनुभयो।

वडा सदस्य सुमन लामाले आज आयोजित Sport Meet केवल खेलकुदमा सीमित नभई विद्यार्थीहरूमा अनुशासन, टिमवर्क, सहनशीलता, क्षमताको विकास, ईमानदारी र आत्मविश्वास जस्ता अमूल्य गुणहरू विकास गर्ने अवसर भएको बताएका छन्।

खेलाडीहरूलाई सम्मानपूर्वक खेल्न आग्रह गर्दै सुमन लामाले भने, जुनसुकै खेलमा हार वा जित भए पनि रिफ्रि वा अन्य खेलाडीमाथि दोष नलगाउने, सहिष्णुता र खेलभावनालाई प्राथमिकता दिने संस्कार अपनाउन आवश्यक छ। उहाँले थपे कि खेलकुदले केवल शारीरिक स्वास्थ्यमा मात्र नभई जीवनका महत्वपूर्ण मूल्यहरू सिकाउने माध्यम पनि बन्ने भएकाले सहभागी सबैले उत्साहपूर्वक, अनुशासित र इमान्दारीपूर्वक खेल्न प्रेरित गरिएको छ।

त्यसैगरी अतिथि गोकर्णेश्वर लाइफ एकेडेमी का प्रिन्सिपल सौर्यनाथ आचार्यले यस्तो खेलकुद प्रतियोगिता मात्र होइन, सामाजिक सञ्जालमार्फत भइरहेका विभिन्न गतिविधिहरूले पनि सिकाइको दायरा फराकिलो बनाएको छ। हामी शिक्षकहरू कोठाभित्र सीमित हुने शिक्षा मात्र होइन, विद्यार्थीहरूको मनोबल र मस्तिष्कको विकासलाई ध्यानमा राख्दै बाहिरी ज्ञान, व्यवहारिक अनुभव तथा खेलकुदमार्फत जीवनोपयोगी सीप सिकाउन बताउनु भएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम दोज कार्कीले कार्यक्रममा उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै खेलकुदमा अनुशासन र नम्रता अपनाई खेल्नका लागि सबै विद्यार्थीहरूलाई आग्रह गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *