मदन भण्डारी मेमोरियल स्कुलमा ध्यान दिवस कार्यक्रम आयोजना
Uncategorized

मदन भण्डारी मेमोरियल स्कुलमा ध्यान दिवस कार्यक्रम आयोजना

Dec 21, 2025

गोकर्णेश्वर नगरपालिका वडा नं. ८ स्थित मदन भण्डारी मेमोरियल स्कुलको संयोजन तथा जीवन विज्ञानको आयोजनामा ध्यान दिवसको अवसरमा आयोजित कार्यक्रम वडा नं. ८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले ध्यान र योग फरक–फरक भए पनि दुवैको आ–आफ्नै महत्व रहेको बताउनुभयो। उहाँका अनुसार योगले शरीरलाई बलियो बनाउने, रक्तसञ्चार सन्तुलित गर्ने, रोग प्रतिरोधात्मक क्षमता बढाउने र शरीरलाई समग्र रूपमा स्वस्थ बनाउने काम गर्छ। त्यस्तै, ध्यानले मनलाई शान्त र स्थिर बनाउने, तनाव, चिन्ता र क्रोध कम गर्ने तथा एकाग्रता र स्मरण शक्ति वृद्धि गर्ने उहाँले उल्लेख गर्नुभयो।

कार्यक्रममा वडा सदस्य सुमन लामा, विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थीहरू तथा विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *